काठमाडौँ । प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपूरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएका हो ।
प्रहरीले नयाँबानेश्वरबाट करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।