काठमाडौँ । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई गृह मन्त्रालय तानिएका छन् ।
राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिएको प्रकरणमा मुछिएपछि छानबिनका लागि उनी गृह मन्त्रालय तानिएका हुन् ।
२०७९ माघ १३ गतेबाट मोरङमा सीडीओको कार्यभार सम्हालेका भट्टराई राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिने निर्णयमा संलग्न तत्कालीन विभागका महानिर्देशक भट्टराईसहित विभागका सूचना प्रविधि शाखा प्रमुखसमेत रहेका निर्देशक मुकेश रेग्मीलाई उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय तानेका हुन् ।
संखुवासभाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका वीरेन्द्रकुमार यादवलाई मोरङ पठाइएको छ