१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाउन माग 

अ+ अ-

काठमाडौँ। सेयर बजारका लगानीकर्ताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रियालाई तत्कालै अगाडि बढाउन माग गरेका छन् ।

लगानीकर्ताहरूले वर्षौँदेखि उठाउँदै आएका र अर्थतन्त्रको भलो हुने विषयलाई कार्यन्वनयको अन्तिम चरणमा अवरुद्ध पार्दा केही स्वार्थ समूहको भलो भए पनि समग्र अर्थतन्त्र र लगानीकर्ताहरूको भलो नहुने उनीहरूको भनाइ छ । कुनै पनि बहानामा बजार सुधारको प्रक्रियालाई अवरुद्ध गर्न खोजे लाखौँ लगानीकर्ताहरू आन्दोलनमा उत्रिन बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् ।

सेयर बजारमा आबद्ध करिब ५७ लाख लगानीकर्ताको प्रतिनिधित्व गर्दै पुगेका तीनवटा संस्थाका प्रतिनिधिहरूले लगानीकर्ताको मुख्य माग स्टक एक्सचेन्ज र नयाँ ब्रोकरको लाइसेन्स प्रक्रिया भएको बताएका छन् ।

लिखित मागपत्र बुझाउँदै उनीहरूले स्टक एक्सचेन्ज, नयाँ ब्रोकर, कोमोडिटी एक्सचेन्ज लगायतका बजार सुधारका कार्यलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई सुधार गर्ने भन्दै नयाँ ब्रोकर, स्टक एक्सचेन्ज, केमोडिटी एक्सचेन्ज लगायतको लाइसेन्स प्रक्रियालाई अगाडि बढाएको थियो ।

आवेदन बन्द भएर मूल्याङ्कन प्रक्रिया सुरु भएसँगै प्रधानमन्त्री प्रचण्डको ठाडो आदेशमा स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोकिएको छ भने ब्रोकरको लाइसेन्स प्रक्रियामा पनि भाँजो हाल्ने प्रयास भइरहेको लगानीकर्ताको आरोप छ ।