आइएमई पे र निसर्ग अस्पतालबीच २५ प्रतिशत सम्मको छुट सम्झौता   « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आइएमई पे र निसर्ग अस्पतालबीच २५ प्रतिशत सम्मको छुट सम्झौता  


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ ।  ‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्ने ग्राहकहरूले २५ प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।    

सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका हुन् ।   

उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुविधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुविधा बमोजिम ५ प्रतिशत देखि २५ प्रतिशत सम्म छुट प्रदान गरिने छ। सो छुट १ वर्षका लागि लागु हुने जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस