२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झुलाघाट नाकामा दुई वटा पक्की पुल बनाउने मोदीको घोषणा

अ+ अ-

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैतडीको झुलाघाट नाकामा दुई वटा पक्की पुल बनाउने घोषणा गरेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीको हैदरावाद हाउसमा भएको कार्यक्रमका क्रममा मोदीले नेपाल र भारतका नागरिकको सहजताका लागि झुलाघाट नाकामा दुई वटा पुल बनाउँने बताएका हुन् ।

यसअघि बैतडीका नागरिकहरूले भारत भ्रमणमा झुलाघाटमा मोटरेवल पुल निर्माणका लागि भारतसंग प्रधानमन्त्रीले छलफल गर्नुपर्ने माग गरेका थिए ।

पुरानो नाकाको रूपमा रहेको झुलाघाटमा मोटरेवल पुल नहुँदा समस्या झेलिरहेकाले प्रधानमन्त्रीले भारतीय समकक्षीसँगको वार्तामा यो विषयलाई प्राथमिकता दिनुपर्ने त्यस क्षेत्रका नागरिकले माग गरेका थिए।

झुलाघाट नाकामा करिब २ सय वर्ष अघि निर्माण भएको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ। यो नाकामा मोटरेवल पुल निर्माणका लागि नेपाली मात्रै नभएर सीमावर्ती भारतीय नागरिकले समेत माग गर्दै आएका छन्।

नेपाल र भारतमा सीमा क्षेत्रका नागरिकहरुबीच पारिवारिक, सांस्कृतिक, सामाजिक र व्यापारिक सम्बन्ध रहेकाले यो नाकामा पुल अनिवार्य रहेको स्थानीयहरूको भनाई छ।