११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा खनाल

अ+ अ-

काठमाडौँ । नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा लिलाराज खनाल निर्वाचित भएका छन् । युनियनको शुक्रबार राति सम्पन्न प्रथम अधिवेशनबाट खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

युनियनको उपाध्यक्षमा पुष्कर बुढाथोकी, समावेशी उपाध्यक्षमा नीरज तामाङ, महिला उपाध्यक्षमा सीता न्यौपाने, महासचिवमा साइँला तामाङ, सचिवमा अमृत पौडेल, केशव ढुङ्गाना र विष्णु पन्थी, कोषाध्यक्षमा शङ्कर अर्याल र सहकोषाध्यक्षमा पुनिता झा सर्वसम्मत निर्वाचित भएको युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलले जानकारी दिए ।

सदस्यमा कुवेर गिरी, सम्वेग बस्नेत, दीपेन्द्र अधिकारी, रामहरि पराजुली, सुन्दर पाण्डे, कुमार भण्डारी, सीता शर्मा, सुशीला सिग्देल, मुक्तिनाथ आचार्य, तुलसीराम भण्डारी, नवराज कार्की, दीपक घिमिरे र रमा भुर्तेल निर्वाचित भएका छन् ।

यस्तै, लेखा समितिको संयोजकमा नारायण अधिकारी, सदस्यमा भावना हमाल र लक्ष्मी गौतम निर्वाचित भएको महासचिव पौडेलले जानकारी दिए । उपत्यका प्रदेश प्रतिष्ठानको अधिवेशन सकिएसँगै सबै प्रदेशमा युनियनको संरचनाले पूर्णता पाएको छ ।

प्रेस युनियनमा उपत्यका तथा प्रतिष्ठान प्रदेशसहित राज्यका सात प्रदेश गरी आठ प्रदेशको व्यवस्था गरिएको थियो । उपत्यका तथा प्रतिष्ठान प्रदेशअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला शाखा, साँघु उपशाखा र अन्य आठ सञ्चारमाध्यममा गठित प्रतिष्ठान शाखा गरी कूल १२ शाखा छन् ।

प्रेस युनियनको नयाँ केन्द्रीय समिति गठन भएपछि यसअघि सात प्रदेशमा र ३० जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन् । बाँकी जिल्लामा पनि यही जेठ महिनाभित्रमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस