काठमाडौँ । रास्वपाका सांसद रवि लामिछाने प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रश्न राख्न कम समय दिएकोप्रति आपत्ति जनाएका छन् ।
उनले संवेदनशील विषयबारे प्रश्न राख्न कम समय दिएको बताउँदै भने, ‘यो सदनमा मजाक चलिरहेको छ ?’
उनले आफ्नो पार्टीका सांसद शिशिर खनालले बोलेको ‘भैँसी चढेर आएको’ शब्दावली हटाउनुपर्ने कुनै कारण नहरेको पनि बताए ।