काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
नागार्जुन नगरपालिका–४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–७ घर भएका ३५ वर्षीय कृष्ण तामाङलाई प्रहरीले २२ वर्षिया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा मङ्गलवार बिहान पक्राउ गरेको हो।
तामाङले ती युवतीलाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।







