२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीगण्डकीमा एक दिन केराका परिकार अनिवार्य

अ+ अ-

गल्याङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले हप्ताको एक दिन केराको फलबाट बनेका परिकार अनिवार्य गरेको छ । गाउँपालिकाले प्रत्येक हप्ताको बुधबार गाउँपालिकाको कार्यालय, कालीगण्डकी अस्पताल, वडा कार्यालय र विद्यालयमा रहेका चमेना गृहमा केराबाट बनेका परिकार प्रयोगलाई अनिवार्य गरेको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिए ।

गाउँपालिकाले दिएको तालिम लिएपछि यहाँका किसानले केराको खेरा जाने कच्चा पदार्थबाट हस्तकलाका सामग्री बनाउँदै आएका छन् । उनले उत्पादित केराको खपत पालिकाभित्रै गर्ने, उपभोक्ताका रुपमा पालिकाभित्रकै नागरिकलाई प्राथमिकता दिने उद्देश्यसहित पालिकाले यस्तो निर्णय गरेको जानकारी दिए । 

“गाउँपालिकाको निर्णय सबैका लागि स्वरोजगारको माध्यम बन्ने छ”, उनले भने । गत साउन ३२ गतेको पालिकाको निर्णय अनुसार केरा खेतीको प्रोत्साहन र कृषकको बजारको सहज पहुँचका लागि यो निर्णय गरिएको उनको भनाइ छ  । थापाले केरा खेती गर्ने कृषकलाई यो निर्णयले उत्प्रेरणा र सहजीकरण गर्ने बताए । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले भदौको पहिलो बुधबारदेखि यो कार्यक्रम तोकिएका स्थानमा लागू गरिने जानकारी दिए । उनले सम्बन्धित कार्यालयलाई हरेक बुधबार केराका परिकार खुवाउनुपर्ने परिपत्र बठाइएको बताए । पाण्डेले पहिलो चरणमा केराको सेल रोटी, पकौडा, आचार, चुकौनी, ससेजलगायतका परिकार बन्ने बताए।

“आउने बुधबारदेखि गाउँपालिका र कालीगण्डकी अस्पतालको चमेना गृहबाट सुरुआत गर्नेछौँ, क्रमशः वडा कार्यालयमा, विद्यालयमा र विद्यालयमा सञ्चालित दिवाखाजा कार्यक्रममा समेत यसलाई समेट्ने छौँ”, उनले भने, “हामीले पालिकाभित्रका सम्पूर्ण होटेल, खाजाघर, घरवासलगायतका भान्सेलाई यससम्बन्धी तालिम दिने योजना बनाएका छौँ, त्यस पश्चात अझ धेरै केराका परिकार बन्ने छन् ।”

गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ । यसअघि ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित पालिकाभित्रका नागरिकलाई हस्तकलाका सामग्री बनाउन तालिम दिइएको थियो । 

प्रशासकीय अधिकृत पाण्डेका अनुसार पालिकाले बृहतरुपमा केराखेती गरेर फल उत्पादन गर्ने, फलको विभिन्न खानाका परिकार बनाउने, थामको जुस, गलैँचा, मुडा, चप्पल, चकटी, धागो, खादा पातको टपरी बनाउने र रोजगार दिने योजना अगाडि बढाएको छ ।

“गाउँपालिकाबाट तीन विद्यालय र ९० किसानलाई २० हजार केराका विरुवा वितरण गरिएको छ”, पाण्डेले भने, “हाल १८ हजार बिरुवा हुर्किरहेका छन्, यो योजनाबाट प्रत्यक्ष र अप्रत्यक्षरूपमा करिब नौ सय जना स्वरोजगार बन्ने पालिकाको विश्वास छ ।”