१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन खुला

अ+ अ-

काठमाडौँ । माण्डु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) आवेदन खुला गरेको छ । कम्पनीले आइतबारदेखि प्रिमियममा मूल्यमा सर्वसाधारणलाई आईपीओ निष्कासन खुला गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुने १६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँ प्रति कित्ताको दरले सेयर निष्कासन गर्ने स्वीकृति कम्पनीले पाएको हो ।

सार्वजनिक निष्कासन गर्न अनुमति पाएको मध्ये जारी पुँजीको २ प्रतिशतले हुने २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा बिक्री नभएको ७९ हजार ३० कित्ता सहित समेत थप गरेर कम्पनीले सर्वसाधारणको लागि सेयर निष्कासन गर्न लागेको हो ।

यसका साथै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेर बाँडफाँट गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस