काठमाडौँ । १० जना सहसचिवसँगै थप ६० जना कर्मचारीको सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका निकायका ठुलो सङ्ख्याका कर्मचारीहरूको काज, सरुवा तथा पदस्थापन गरेको हो ।
आकर्षक मानिएका आयोजनाहरूमा जान हानथाप रहने सडकमा पछिल्लो समय सरुवाका लागि ठुलै दौडधुप चलेको थियो । अनुकूल तथा लाभमा पठाउनेदेखि निमित्त खटाउनेसम्म राम्रै चलखेल भएको मन्त्रालय स्रोतले प्रशासनलाई बताएका छ । चर्चित मानिने हाइवे समूहका १० सहसचिवहरूको सूची प्रशासनले बुधवार(हिजै) प्रकाशित गरिसकेको छ ।
सम्बन्धित समाचार : उप महानिर्देशकसहित नौ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
नेपाल इन्जिनियरिङ सेवाका राजपत्र प्रथमदेखि राजपत्र तृतीय श्रेणीसम्मका कर्मचारी सरुवा गरिएको हो ।
हेर्नुहोस् को कहाँ ?







