काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी, सुशासनलगायतका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरेका छन् । सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै ओलीले गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाएका हुन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा ओलीले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले हेटौँडामा दिएको अभिव्यक्तिलाई लिएर पनि आलोचना गरेका हुन् । ‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपाईँ ढाकछोप गर्न लाग्नुहुन्छ । १ सय किलो सुन बरामद हुन्छ, ‘उनले भने, ‘छानबिन गर्दा के बिग्रिन्थ्यो रु महासय तपाईँ किन आत्तिनुभयो स्वतन्त्र निष्पक्ष छानबिनसँग ?’
सुशासन अभियान नभएर सरकारको काम भएको ओलीको भनाइ थियो । सरकारले सुशासनको अभियान चलाएको भन्न नहुने पनि बताए ।
सरकारले सुशासनको काम नियमित गर्नुपर्ने उनको भनाइ थियो । सरकारले सुरक्षा दिनुपर्ने र भ्रष्टाचार रोक्नुपर्ने बताए । उनले सरकारले जनतालाई सेवा दिनुपर्ने बताए ।
प्रतिपक्षमाथि सुशासनको अभियान रोक्न लागेको भनेर गृहमन्त्रीले गलत बोलेको ओलीको भनाइ थियो ।







