२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रिगलको आममाफीले कानुनको अपव्याख्या र दुरुपयोग भयो : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले हालै योगराज ढकाल ‘रिगल’लाई दिएको आममाफीका विषयमा आपत्ति प्रकट गर्दै पवित्र दिनलाई राज्यले अपवित्र बनाएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस महामन्त्री थापाले कानुनको अपव्याख्या र दुरुपयोग भएकाले सदनमा ल्याएर त्यसलाई सच्याउन पहल गर्न पनि सभामुख देवराज घिमिरेसँग माग गरेका छन्।

उनलाई सरकारसँग यसलाई सामान्य विषय सोचेर पन्छाउने काम नगर्न पनि चेतावनी दिएका छन्।

उनले संसदमा बिहीबार भने,‘६७० मध्ये कति संविधानसम्मत, कानुनसम्मत पनि छ होला। तर फेरि एक पटक संविधानको मर्म विपरीत र कानुनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराधको दोषी ठहर गरिएकालाई कैद माफी मिनाहा गरिएको छ। बदनियताका साथ भएको निर्णय गलत छ। यसको विरोध स्वाभाविक छ। वाञ्छनीय छ। यसको विरोध हुन्छ। हामी विरोध गर्दछौँ।’

सरकारले हत्यापछि जन्मकैद सजाय पाएका तरुण दलका नेता योगराज ढकाललाई आममाफी दिएपछि यसको राष्ट्रिय स्तरमा विरोध भइरहेको छ। तरुण दलका नेता रिगलले नेपालगञ्जमा चेतन मानन्धरलाई दिउँसै लखेटीलखेटी खुँडा हानेर मारेका थिए।