२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी मोर्चा एमालेविरुद्ध बनेको हो, गुटबन्दी त्यागौँ : पृथ्वीसुब्बा गुरुङ

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समाजवादी मोर्चा एमालेविरुद्ध बनेको बताएका छन् । पार्टीको गण्डकी प्रदेशका निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन् ।

एमालेलाई धेरैले निशाना बनाइरहेको भएकाले गुटबन्दी त्यागेर काम गर्न पनि उनको निर्देशन छ ।

उनले भने, ‘काँग्रेसभित्र निर्वाचन प्रणाली परिवर्तन हुनुपर्छ भन्ने माग भइसक्यो त्यो भनेका आन्दोलनको उपलब्धि र संविधानमाथि चौतर्फी हमला छ । भारतले त्यस बेलामा पनि आफूले भनेजस्तो संविधान बनाएन भनेर नाकाबन्दी लगाएको थियो । त्यसैले हामीमाथि ठूलो चुनौती छ, त्यसको सामना गर्नको लागि एमाले बलियो हुनुपर्छ । एमाले आन्तरिक रूपमा पनि बलियो हुनुपर्छ चुनाव एउटा प्रक्रिया थियो सकियो अब पार्टीको काममा लाग्नुपर्छ ।’

अन्य पार्टीका नेताहरूलाई पार्टीमा आकर्षण गर्न केन्द्रित हुन पनि उनले निर्देशन दिएका छन् ।

गुरुङले भने, ‘माओवादीको पार्टी सदस्यभन्दा समानुपातिकमा कम भोट आयो रे कस्तो पार्टी र सदस्य बनाएको हो ? माओवादी सबैभन्दा कमजोर यही गण्डकी प्रदेशमा हो । एकीकृत समाजवादी पनि यही छ । जनयुद्धको बेलामा पनि हामीले राम्रो काम गरेको भएकाले माओवादीको प्रभाव पर्न दिएका थिएनौँ । जब माओवादीले गण्डकीबाटै जनयुद्ध थालेको थियो ।’

नेकपा हुँदादेखि नै पार्टीभित्रको विवादमा पनि फरक विचार राख्ने समेट्दै विभाजनको सामना गरेको स्मरण गरे ।

उनले भने, ‘अब बाँकी रहेका एकीकृत समाजवादीलाई पनि एमालेमा ल्याउनुपर्छ । माओवादीका धेरै छैनन् । जसपाको पनि । समाजवादी मोर्चा सबै पार्टीभित्र गइरहेको पहिरो रोक्ने चेकड्याम मात्रै हो । समाजवादी मोर्चा न बिदेसी शक्तिसँग केन्द्रित छ न काँग्रेसतिर, त्यो हाम्रो विरुद्ध निशाना बनाइरहेको छ ।’