२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपहाडी केन्द्रित अभियान अन्तर्गत झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ओली आफैँ खट्ने

अ+ अ-

काठमाडौँ । पार्टी सुदृढीकरण अभियान चलाइरहेको नेकपा एमालेले मध्यपहाडी राजमार्गकेन्द्रित अभियानको तयारी थालेको छ ।

भदौमा सिरहामा बसेको सचिवालयको बैठकको निर्णयअनुसार एमालेले मंसिरमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियान चलाउने भएको हो ।

अभियानको बाटो अवलोकनका लागि दुई उपमहासचिव अहिले खटिएका छन् । उनीहरूले जिल्ला-जिल्ला पुगेर त्यहाँको पार्टी नेतृत्व, जनवर्गीय सङ्गठनसँग अन्तरक्रिया र सुझावसमेत सङ्कलन गर्नेछन् । अहिले उपमहासचिव प्रदीप ज्ञवाली पाँचथरको चिवाभञ्ज्याङ पुगेका छन् । सो भूमि पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमबिन्दु र नेपाल तथा भारतको सिक्किम राज्यको सिमाना पनि हो ।

अर्का उपमहासचिव विष्णु रिमाल भारतसँगको सीमा नाका बैतडीको झुलाघाट नाका पुगेका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बैतडीको झुलाघाट नाकाबाट अभियानको थालनी गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनका अनुसार अहिलेसम्म अभियानको मिति भने घोषणा भइरहेको छैन ।

उनले भने, ‘अब अभियानको मिति केन्द्रीय कमिटीको बैठकले घोषणा गर्छ । त्यसअघि यही २२र२३ गते सचिवालयको बैठक बस्छ । सचिवालय बैठकले केन्द्रीय कमिटीमा प्रस्ताव लैजान्छ । सोहीअनुसार त्यो बैठकको अभियानको घोषणा गर्छ ।’

केन्द्रीय कमिटीको बैठक मंसिर दोस्रो सातामा बस्ने तयारी रहेको उनले बताए । अभियान बैतडीको झुलाघाटबाट सुरु हुने उनको भनाइ छ ।

एमालेले गत मंसिरको निर्वाचन लगत्तै मिसन ०८४ लाई केन्द्रमा राखेर पार्टी सङ्गठनलाई सक्रिय बनाएको छ । यसअघि गत फागुनदेखि तीन महिने मिसन ग्रासरूट अभियान चलाएको थियो । पार्टी अध्यक्ष ओलीले ०८४ मा पार्टीले एकल बहुमत ल्याउनुपर्ने भन्दै पार्टीपंक्तिलाई सोही अनुसार खट्न निर्देशन समेत दिइसकेका छन् ।