१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि जनताबाट भएको अर्को ठूलो विद्रोह जनयुद्ध हो’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि अर्को ठूलो जनताको स्तरबाट भएको विद्रोह र पहलकदमी जनयुद्ध भएको दाबी गरेका छन् ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’ लोकार्पण गर्दै उनले पार्टीभित्रका सबै साथीहरूको टीम नभएको भए यति ठूलो परिवर्तन सम्भव नहुने बताए ।

प्रचण्डले भने, ‘जनयुद्धको त्यसको फिलोसफी, त्यसभित्र लिएका ट्याक्टिस र पोलिसी, त्यतिबेला अपनाइएका कार्यशैली, आचारसंहिता, त्याग तपस्या गरेका थियौँ। कुनै तलब सुविधा लिएर होइन, भएको पनि सकेर राष्ट्र र जनताको निम्ति, सबैको पहिचान र अधिकारको लागि, आफू बरु मेटिने तर, जनतालाई अधिकार र समावेशिता चाहियो भन्ने उद्देश्यले हामीले महान् त्याग गरेका थियौँ । पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि अर्को ठूलो जनताको तहबाट गरिएको महान् विद्रोह र पहलकदमी थियो यो । तर, यो आधिकारिक प्रमाणित हुन बाँकी छ ।’

उनले पहिले माओवादी नेताभन्दा सिंह जुरो पलाएको अपराधी चित्रण गरिने गरेको स्मरण गरे । प्रचण्डले पृथ्वी जयन्तीमा आफू प्रधानमन्त्री भएको बेलामा बिदा दिने निर्णय गर्दा आफूलाई खुशी र गर्व लागेको सुनाए । उनले जनयुद्ध दिवसलाई बिदा दिने निर्णयप्रति विभिन्न टीकाटिप्पणी हुने गरे पनि त्यसलाई कसैले दबाउन नसक्ने बताए ।

उनले भने, ‘जनयुद्धलाई जति दबाउन खोजिए पनि इतिहासमा पटक पटक त्यो उठिराख्छ । त्यो चिहानबाट फेरि उठ्छ । हजारौँ मान्छेहरूले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले दबाउन सक्दैन । अहिले एकछिन दबाइयो भने पनि फेरि उठ्छ त्यो ।’

प्रतिक्रिया दिनुहोस