२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमाथि चौतर्फी हमला भइरहेको छ: ईश्वर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले एमालेमाथि चौतर्फी ढङ्गले हमला भइरहेको बताएका छन् । शनिबार पार्टीको रसुवा-काठमाडौँ सम्पर्क मञ्चको देउसी भैलो तथा बृहत् साँस्कृतिक कार्यक्रममा बोल्दै उनले चौतर्फी हमला भइरहे पनि एमाले एक्लै पहिलो शक्ति बन्न सकेको दाबी गरे ।

उनले भने, ‘अहिले चौतर्फी ढङ्गले एमालेमाथि हमला गरिँदै छ । त्यसको बाबजुद पनि एमाले एक्लै पहिलो शक्ति बन्न सकेको छ । एमालेलाई पराजित गर्न जुन ढङ्गले हमला गरिँदै छ गत निर्वाचनमा त्यसलाई पराजित गर्दै लोकप्रिय मत प्राप्त गर्ने पार्टी बन्यो ।’

उनले अहिले नयाँ र पुरानो पार्टी भन्ने फेसन चलेको भन्दै एमाले पुरानो पार्टी नभई पार्टी गतिमा चलेको, गौरवपूर्ण इतिहास बोकेको, भोलिको मार्गचित्र बनाउने सङ्गठनात्मक संरचना र ठोस नीति बोकेको पार्टी भएको तर्क गरे । पुरानो पार्टी भनेर आरोप लगाउनेलाई उनले आफूहरूको गौरवपूर्ण इतिहास छ कि छैन भन्दै प्रश्न गरे ।

उनले भने, ‘अहिले एउटा फेसन चलेको छ पुरानो पार्टी भन्ने । एमाले पुरानो पार्टी होइन, गतिमा चलेको गौरवपूर्ण इतिहास बोकेको, भोलिको मार्गचित्र बनाउने सङ्गठनात्मक संरचना र ठोस नीति बोकेको पार्टी हो । हामीलाई आरोप लगाउनेसँग सोध्न सक्छौँ- तिम्रो गौरवपूर्ण इतिहास छ कि छैन ?’

उनले एमाले मजबुत सुदृढ नहुने हो भने राष्ट्रिय शक्ति कमजोर भई देशको अस्तित्व खतरामा पर्ने दाबी गरे ।
यसैगरी, चाडपर्वको रमाइलो गरिरहँदा यसका धार्मिक, सांस्कृतिक प्रसङ्ग सँगसँगै सामाजिक सद्भाव अभिवृद्धि गर्ने मूल मर्ममा सबैको ध्यान जान आवश्यक रहेको उनले बताए ।