२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीति र खेल उस्तै कुरा हो : सभामुख घिमिरे

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले राजनीति र फुटबल खेल उस्तै कुरा भएको बताएका छन् ।

विचारबाट खेलिने राजनीतिको खेल र भौतिक रूपमा खेलिने फुटबल उस्तै भएको बताएका उनले फुटसल नयाँ भएकाले यसलाई प्रोत्साहन गरिनुपर्ने धारणा राखे ।

१७औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा सहभागी हुँदै उनले संसद दिवसका अवसरमा फुटसल खेलेर यो नयाँ खेललाई प्रोत्साहन गर्ने प्रयास गरेको बताए ।

‘संसद सेवा दिवस सांसदहरु,सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखलगायत सबैले उत्सव मनाउने दिन हो । हामी फुटसल खेलेर उत्सव मनाउँदै छौँ’ उनले भने, ‘फुटसल प्रचलनमा आएको धेरै भएको छैन, त्यस कारण हामीले यसलाई प्रोत्साहन गर्ने, सिक्ने हिसाबले खेल्दैछौं । नेपालमा फुटसल विकास भएको केही समय भयो, ठूलो खेल्ने ठाउँहरू नहुँदा खेरी खास गरी फुटबलको अभ्यास शहरी क्षेत्रमा विकास भएर युवाहरू खेल्छन् । हामीहरू यसमा सामेल भएर उनीहरूलाई उत्साह दिने र आज उत्सवको रूपमा मनाउँदै छौ ।’

घिमिरेले राजनीति र फुटबल विचार र भौतिक रूपमा खेलिने भए पनि दुवै उस्तै भएको बताए ।
उनले भने, ‘राजनीतिमा पनि मुन्टो फर्काइँदैन । राजनीतिमा विचार मिलाउन कोसिस गरिन्छ,मिल्नेकोबीचमा मिलेरै खेलहरू हुन्छ,फुटबलमा पनि एउटा टीम मिलेर अर्कोलाई जित्नेगरी जान्छ । राजनीति र खेल उस्तै कुरा हो । राजनीतिले विचारबाट खेल्छ,यसले भौतिक रूपबाट खेल्ने कुरा हो ।’

उपसभामुख इन्दिरा राना मगरले संसदभित्र कार्यरत कर्मचारीहरूलाई उत्साह दिने हिसाबले कार्यक्रम आयोजना गरिएको बताइन् ।

‘सधैँ काम मात्रै गर्दा मानिसलाई तनाव धेरै हुन्छ, यस्तो कार्यक्रमले काम गर्ने नयाँ जोस पनि दिने गर्छ’ उनले भनिन्, ‘त्यस कारण यस्तो कार्यक्रम वर्षमा होइन, महिनामा एक पटक गर्नुपर्ने हुन्छ ।’

राष्ट्र सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले देशको चौतर्फी विकासका लागि खेल अनुशासन, लगानशीलता र प्रतिभा अगाडि बढाएर राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने सशक्त माध्यम भएको भन्दै यसलाई अगाडि बढाउन, प्रोत्साहन दिने प्रयास भएको बताए ।

उनले भने, ‘खेलाडीहरूबाट राजनीतिक दलले अनुशासन र सहयोगी भाव सिक्ने हो भने राजनीतिमा सहज हुन्छ ।’आज सुरु भएको यो फुटसल प्रतियोगिता भोलिसम्म सञ्चालन हुने छ ।