९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परम्परा रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।  

२०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा एक शुभकामना व्यक्त गर्दै उनले ज्यापु समुदायको जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरू, कला, कौशलले उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा पुर्‍याएको योगदान महत्त्वपूर्ण एवं प्रशंसनीय रहेको बताएका छन् । 

प्रधानमन्त्री प्रचण्डले विभिन्न जातजातिको मौलिक कला, संस्कृति र पर्वहरू नेपाली समाजका पुँजी रहेको बताउँदै नेपाली सभ्यताको विकास र उत्थानमा जातीय विविधताले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे । 

संविधानले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँका विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताए ।  उनले भने, ‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो ।’

प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय ज्यापु दिवसले राष्ट्रिय एकता र साझा मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने कुरा व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस