१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभिनेत्री रश्मिकाको ‘डीपफेक’ भिडियो बनाउने पक्राउ 

अ+ अ-

काठमाडौँ । अभिनेत्री रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो बनाउने इमानी नविनलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । 

दिल्ली प्रहरीको इन्टेलिजेन्स फ्युजन एण्ड स्ट्राटेजिक अपरेसन युनिट (आइएफएसओ) साइबर क्राइम युनिटले आन्ध्र प्रदेशबाट २४ वर्षका इन्जिनियर इमानी नविनलाई पक्राउ गरेको हो ।

दिल्ली प्रहरीले गत नोभेम्बर १०, २०२३ मा यो मामलाको एफआईआर दर्ता गराएको थियो । प्रहरी लामो समयदेखि भिडियो बनाउनेको खोजीमा थियो । पक्राउ परेका नविन धेरै अघिदेखि कैयौँ साइबर क्राइमसँग जोडिएको मामलामा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ ।

आइएफएसओका डीसीपी हेमन्त तिवारीले एफआईआर दर्ता गरेपछि भिडियोको प्राविधिक जाँचमा निकै समय लागेको बताए । यो भिडियो पहिलोपटक ब्रिटिस इण्डियन युवतीले इन्स्टाग्राममा ९ अक्टोबर, २०२३ मा अपलोड गरेकी थिइन् । जसमा डीप फेकका माध्यमबाट रश्मिकाको अनुहार लगाएर १३ अक्टोबर, २०२३ मा अलग अलग सामाजिक सञ्जालको प्लेटफर्ममा शेयर गरिएको थियो । 

प्रहरीले अनुसन्धानका क्रममा झण्डै ५ सय बढी सामाजिक सञ्जालका एकाउण्टमा यो भिडियो राखेको फेला पारेको छ । ती युवतीले सुरुमा राखेको इन्स्टाग्रामको एकाउन्ट डिलिट गरिएको पाइएपछि प्रहरीलाई अनुसन्धानमा समय लागेको थियो ।

फेसबुकको सहयोगले डिलिट गरिएका एकाउन्टको डाटा रिकभर गर्न २ देखि ३ हप्ता समय लागेको थियो । आइएफएसओको टिम कैयौँ राज्यमा पुगेर अनुसन्धा गर्दा अन्ततः नविनलाई आन्ध्र प्रदेशको गुन्टूरबाट प्रहरीले पक्राउ गर्‍यो । प्रहरीले पक्राउ गरेपछि आफूले डीपफेक भिडियो बनाएको नवीनले स्वीकारेका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका नवीनले रश्मिकाको फ्यान पेज चलाउँथे । तर डेढ वर्षसम्म रश्मिकाको फ्यान पेज चलाएपछि पनि त्यो पेजमा ९० हजार मात्र फलोअर्स थिए । जहाँ डीपफेक भिडियो अपलोड गरेपछि १ लाख ८ हजार फलोअर्स पुगे । नवीनले आफूले भिडियो बनाउनुको उद्देश्य रश्मिकालाई हानी पु¥याउनु नरहेको दाबी गरेका छन् । 

नवीनले आफूले मेडा मोनिटाइजेशनका माध्यमबाट पैसा कमाउन र फलोअर्स बढाउन चाहेको प्रहरीलाई बयान दिएका छन् ।  त्यसका लागि उनले युट्यूब च्यानलबाट भिडियो सम्पादनको कोर्स सिके र रश्मिकाको डीप फेक बनाए ।

जब आरोपीले डीपफेक भिडियो राष्ट्रिय मुद्धा बनेर ठूला स्टारले पनि कारवाहीको माग गरे, त्यसपछि नवीन डराए । उनले डीप फेक पोस्ट डिलिट गरे र फ्यान पेजको नाम पनि फेरे । उनले आफ्नो फोनबाट पनि धेरै डाटा हटाएका थिए ।

नवीनले चेन्नईबाट सन् २०२१ मा इलेक्ट्रोनिक्स र टेलिकम्युनिकेसनमा बीटेक गरेका छन् । उनले गूगल ग्यारेजबाट डिजिटल मार्केटिङको सर्टिफिकेट लिएका छन् ।

गत नोभेम्बर २०२३ मा रश्मिकाको डीपफेक भिडियो भाइरल भएको थियो । जसमा एक महिला लिफ्टमा प्रवेश गर्दै गरेकी थिइन्, जो हेर्दा रश्मिका जस्तै देखिएकी थिइन् । ती महिला रश्मिका नभई जारा पटेल नामकी युवती थिइन् । जसको अनुहार फेरेर रश्मिाको अनुहार लगाइएको थियो । 

प्रतिक्रिया दिनुहोस