९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य प्रशासनका १३३ सहित एकैदिन २२२ कर्मचारी छड्केमा

अ+ अ-

काठमाडौँ । एकैदिन ४ निकायका २२२ कर्मचारी छड्केमा परेका छन् । चारवटा निकायमा भएको अनुगमनमा एकैदिन २२२ कर्मचारी छड्केमा परेका हुन् । 

बिहीबार राष्ट्रिय सतर्कता केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित शहरी विकास तथा भवन निर्माण विभाग र पुरातत्त्व विभागमा छड्के गरेको थियो ।

सबैभन्दा बढी संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका १३३ जना छड्केमा परेका छन् । 

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका ५८, शहरी विभागका १८ र पुरातत्त्व विभागका १३ जना कर्मचारी छड्केमा परेका हुन् । त्यसक्रममा ७१ जना कर्मचारी तोकिएको समयभन्दा ढिलो कार्यालय आएको भेटिएको उपसचिव हिरामणि सुवेदीले जानकारी दिए । त्यसैगरी ७८ जना कर्मचारी अनुपस्थित रहेको, ५३ जना कार्यकक्षमा नभेटिएको र २० जनाले तोकिएको पोशाक नलगाएको पाइएको सुवेदीले जानकारी दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका संघीय मामिला मन्त्रालयका ४८ कर्मचारी सिट छड्केमा परेका छन् भने ४२ जना अनुपस्थित, २५ जना ढिलो कार्यालय आएको र १८ जनाले तोकिएको पोशाक नलगाएको पाइएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ३६ जना कर्मचारी अनुपस्थित भेटिए भने ५ जना सीट छड्के र १७ जना समयमै कार्यालयमा उपस्थित नभएको पाइएको थियो ।

शहरी विभागका १८ जना कर्मचारी ढिला कार्यालय आएको पाइएको थियो । पुरातत्त्व विभागमा ११ जना ढिला कार्यालय आएको र २ जनाले पोशाक नलगाएको भुटिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस