२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतलाई पराजित गर्दै अस्ट्रेलियाले जित्यो यू-१९ विश्वकपको उपाधि

अ+ अ-

काठमाडौँ । साविक विजेता भारतलाई पराजित गर्दै अस्ट्रेलियाले चौथो पटक आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

आइतबार दक्षिण अफ्रिकामा भएको फाइनलमा भिडन्तमा पाँच पटकको च्याम्पियन भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलिया चौथो पटक च्याम्पियन बनेको हो।

अस्ट्रेलियाले पछिल्लो पटक सन् २०१० मा उपाधि जितेको थियो। त्यसअघि अस्ट्रेलियाले सन् १९८८ को पहिलो संस्करण र २००२ मा उपाधि जितेको थियो।

आइतबार अस्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अलआउट भयो। 

भारतका लागि ओपनर आदर्श सिंहले ४७ रन जोड्दा उनका ओपनिङ पार्टनर अर्शिन कुलकर्नी  ३ रनमा आउट भए।

मुशीर खानले २२ रन जोड्दा भारतका त्यसपछिका चार ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। मुरुगन अभिषेकले ४२ रन जोडे पनि भारतले जिततर्फ अघि बढ्न सकेन। 

भारतलाई सस्तैमा रोक्ने क्रममा अस्ट्रेलियाका महली ब्रेडम्यान र रफ म्याकमिलनले ३-३ विकेट लिए। कोलुम भिडलरले २ विकेट लिए।

त्यसअघि दक्षिण अफ्रिकाको बेनोनीमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २५३ रन जोड्यो।

अस्ट्रेलियाका लागि हर्जस सिंहले ५५ रनको योगदान गरे। उनले ६४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

ओपनर ह्यारी डिक्सनले ४२ रन र कप्तान ह्युज वेइबगेनले ४८ रन बनाए। यस्तै ओलिभर पिकले नटआउट ४६ रनको योगदान गरे। 

बलिङमा भारतका राज लिम्बानीले ३ विकेट लिए भने नमन तिवारीले २ विकेट हात पारे।