काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने समयबारे जानकारी गराएको हो । त्यसअनुसार संसद सचिवालयले व्यवस्थापन गर्नेछ ।
यसअघि, नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।