काठमाडौँ । नेपाल टेलिकमले आफ्नो एनटीटीभीका ग्राहकहरूका लागि आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने आलाकार्टा प्रणाली लागू गरेको छ ।
टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत आलाकार्टाको शुल्क सार्वजनिक गरिएको जानकारी दिएका छन् ।
टेलिकमले ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था गरेको छ ।
