२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश जाने श्रमिकलाई जहाजभित्र खानाको व्यवस्था गर्न श्रममन्त्री अर्यालको आग्रह

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र अनिवार्य रूपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् ।

सोमबार मन्त्रालयमा वैदेशिक रोजगारी व्यवसायी संघसँग भएको छलफलमा मन्त्री अर्यालले श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई जहाजको टिकटमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

‘युवाहरू विदेश जाँदा जहाजभित्र घण्टौँसम्म भोकै बस्नुपर्ने अवस्था छ,’ मन्त्री अर्यालले भने, ‘कम्तीमा पनि जहाजभित्र पानी र एकटकको खानाको व्यवस्था गरिदिनुहोस् ।’

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रमिकलाई खाना दिने विषयमा आफूहरू सकारात्मक भए पनि एयरलाइन्स कम्पनीहरूले व्यावसायिक फाइदालाई मात्र हेर्दा यस्तो अवस्था आएको बताए ।

‘एयरलाइन्सले व्यावसायिक फाइदा मात्र हेर्दा श्रमिकहरू भोकै बस्नुपर्छ,’ उनले भने, ‘नागरिक उड्डयन प्राधिकरणले नै एयरलाइन्सलाई अनिवार्य खाना उपलब्ध गराउन नियम बनाउनुपर्छ ।’

नेपालबाट दैनिक औसत १ हजार ५०० श्रमिक मलेसिया र मध्यपूर्वका मुलुकमा जाने गर्दछन् । नेपालबाट यी मुलुकमा हिमालयन, नेपाल, मलिन्दो, मलेसिया, कतार, एयर अरेबिया, फ्लाइ दुबई लगायतका एयरलाइन्सले उडान भर्दै आएका छन् । चार वटा एयरलाइन्सले मात्र अनिवार्य खाना दिने गरेको व्यवसायीहरूले बताएका छन् ।