१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्न पूर्वकर्मचारीलाई देउवाको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन निर्देशन दिएका छन्। 

शुक्रवार काठमाडौँमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले सरकार परिवर्तन भइरहने भए पनि कर्मचारीतन्त्र स्थायी हुने बताए।

जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरूलाई हुने पनि बताए। उनले सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने पनि बताए।

उनले नेपाली जनताको उन्नति, प्रगति नेपाली काँग्रेसको अपूर्ण अभीष्ट भएको बताए। उनले भने,‘नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्त्वपूर्ण भूमिका रहेको छ। सरकार परिवर्तन भइरहन्छन् तर कर्मचारीतन्त्र स्थायी हुन्छ। त्यसैले स्थायी सरकार पनि भनिन्छ ।

कर्मचारीहरूको मुलुक निर्माणमा अत्यन्त ठूलो भूमिका हुन्छ।  जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर हुन्छ। सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुन्छ।’ सभापति देउवाले पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्न आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस