१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री पुनले भने- आशावादी बजेट बनाउँदैछौँ

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आव.२०८१/८२ का लागि आशावादी बजेट बनिरहेको बताएका छन् । आज नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको प्रि-बजेट छलफलमा यस्तो बताएका हुन ।

उनले बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग सरकारले अन्तरक्रिया गरिसकेको र सो क्रममा सबैतिरबाट अर्थतन्त्र शिथिलता छ भन्ने सुनिएको बताए । गत वर्षभन्दा सुधारोन्मुख अवस्था रहेका कारण आशावादी रहेर बजेट बनाइरहेको बताउँदै अर्थमन्त्री पुनले भने, ‘निजी क्षेत्रको कन्फिडेन्स घटेकोमा मनोबल उठाउने कुरालाई प्राथमिकता दिन्छौं, परिवार, सम्पत्ति र व्यवसायको सुरक्षालाई हामी प्राथमिकता दिन्छौँ ।’

प्रश्न उठेकै आधारमा अपराधी बनाउने आँखाले हेर्न छोड्नुपर्ने भन्दै उनले मनोबल उठाउने कोसिस गरिने बताए । मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने उनको भनाइ छ ।

लगानी सम्मेलनमा सरकारले कानुन संशोधन गरेको स्मरण गर्दै उनले यसमा सरकार निजी क्षेत्रसँगै रहेको बताए । उनले औद्योगिक वातावरण बनाउन बजेटले भूमिका खेल्ने बताउँदै भने, ‘सरकारका पनि आफ्नो सीमाहरू हुन्छन्, यसलाई फुकाउँदै जानुपर्छ ।’

वित्तीय नीति र मौद्रिक नीतिमा तालमेल मिलाउनुपर्ने सुझावमा आफू सहमत रहेको बताउँदै उनले यसपटक नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोमा नजाने आश्वासन दिए ।

अर्थमन्त्री र गभर्नर टाढा बसेर प्रतिस्पर्धा गर्ने विषय नरहेको भन्दै सबैको लक्ष्य मुलुकको विकास नै रहेको बताए । बजेट बनाउँदा ठूलो प्रेसर भोग्नुपरेको भन्दै मन्त्रालयहरूले सिलिङ बढाउन दबाब दिइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस