११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको माग कानुनसम्मत छैन : एमाले सचेतक बर्तौला

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलको माग अनुसार गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा छानबिन गर्न संसदीय समिति बन्न नसक्ने दाबी एमालेले गरेको छ । 

सभामुख देवराज घिमिरेले आइतबार बोलाएको कानुनमन्त्री र प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो दाबी गरेका हुन् । काँग्रेसले गरेको संसदीय छानबिन समिति गठनको माग कानुनसम्मत नभएकाले जस्तोसुकै रूपमा प्रस्तुत भए पनि समिति नबन्ने उनले बताए । 

उनले भने, ‘सरकारसँग समिति माग गर्नुभयो, कुन विधान नियम बमोजिम बनाउने हो ? सरकारले संसद्लाई यो बनाउ त्यो बनाउ भनेर निर्देशन दिन सक्दैन । प्रमुख प्रतिपक्षीले उठाएको कुरा कानुनसम्मत छैन । नेपाली काँग्रेसले समिति माग गरेको होइन । समितिको नाममा काँग्रेसले सरकार माग गरेको हो । त्यो कुरा सम्भव छैन । नेपाली काँग्रेसले जति गरे पनि  आत्महत्या नै गर्छु भन्नेगरी प्रस्तुत भए तापनि यो माग सम्बोधन हुने अवस्था छैन ।’   

सांसदहरु कुनै अनुसन्धान अधिकारी नभई कानुन निर्माणका लागि निर्वाचित भएर आएको भन्दै उनले सांसदलाई अनुसन्धान अधिकारी बनाउँदै विभिन्न समितिमा राख्ने हो भने पाँच वर्ष त्यसैमा जाने बताए । 

यद्यपि सभामुखसँगको बैठकमा पनि काँग्रेसले आफ्नो अडान छाडेको छैन । बैठकपछि बोल्दै काँग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा संसदीय समितिको माग राखेको भन्दै भोलि दिउँसोसम्म समिति गठन गर्ने कुरालाई अगाडि लिएर आउने अझै काँग्रेस विश्वस्त रहेको बताए । सत्ता पक्षले संसद अवरोध हुने स्थिति निर्माण गरेर प्रतिपक्षमाथि अन्याय गरेको उनको भनाइ छ । 

उनले भने,‘सत्ता पक्षले संसद अवरोध हुने स्थिति निर्माण गरेर प्रतिपक्षमाथि न्याय गरिराखेको छैन । अझै पनि विश्वास छ सरकारले भोलि दिउँसोसम्म समिति गठन गर्ने कुरालाई अगाडि लिएर आउनेछ । बल नेपाल सरकारको कोर्टमा छ, सरकार कुन रूपमा प्रस्तुत हुन्छ त्यही रूपमा अघि बढ्छ ।’ 

प्रतिक्रिया दिनुहोस