काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठगहरू प्रवेश गरेका केही ठुला सहकारी सङ्कटग्रस्त भएको बताएका छन्। राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै नियममा बस्ने सहकारीमा कुनै समस्या नभएको बताए।
उनले भने, ‘अहिले सहकारीमा गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठुला सहकारी बदनाम भएको छ। त्यहाँ समस्याग्रस्त भएको छ। ती सङ्कटग्रस्त छन्। तर, साँचैको सहकारीहरू सङ्कटग्रस्त हुँदैनन् । आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ। कुनै समस्या हुँदैनन्।’