१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीको दाबी : ‘ढुक्क हुनुस्, बजेट अनुसारकै मौद्रिक नीति आउँछ’ 

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रम र बजेट अनुसारकै आगामी आर्थिक–मौद्रिक नीति आउने दाबी गरेका छन् । उनले बजेटको स्वीकार्यता बढेको पनि उल्लेख गरेका छन् ।

आफूले सार्वजनिक प्रतिबद्धता अनुसार नै बजेट ल्याएको बताएका अर्थमन्त्री पुनले बजेटमा सबै नीति तथा कार्यक्रम समेटिएको र अब आउने मौद्रिक नीतिले पनि बजेटलाई रिफ्लेक्ट गर्ने प्रष्ट पारे । 

‘यो बजेटमा नीति तथा कार्यक्रम सबैजसो रिफ्लेक्ट भएको छ । नीति कार्यक्रम र बजेटको रिफ्लेक्सन मौद्रिक नीतिमा आउँछ ।’

मन्त्री पुनले राज्य र राज्यका निकायहरू अलग अलग भएर नचल्ने उल्लेख गर्दै राष्ट्र बैंकले बजेट अनुसारकै मौद्रिक नीति ल्याउनेमा ढुक्क हुन सबैलाई आग्रह गरे । 

‘राज्यका निकायहरू निश्चित सिद्धान्तमा चल्छ । अलग अलग होइन । त्यसैले मौद्रिक नीति यसमा मिल्दोजुल्दो आउँछ, तपाईँहरू कुनै कन्फ्युजनमा रहनु जरुरी छैन,’ अर्थमन्त्री पुनले भने । 

यस्तै उनले  यस बीचमा राष्ट्र बैंक, प्राइभेट सेक्टर र सरोकारवाला सबैसँग छलफल गरी बजेटलाई सपोर्ट गर्ने, समग्र अर्थतन्त्रलाई गति दिने र आम नागरिकमा आशा जगाउने गरी काम गर्नेमा जोड दिँदै भने, ‘आगामी वर्ष सकारात्मक मुडमा बजेट कार्यान्वयनको समीक्षा गर्ने ठाउँमा हुन्छौं भन्ने विश्वास छ ।’ 

बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयहरूमा निजी क्षेत्र र सरोकारवालासँग गरेको अन्तरक्रियामा उनले तथ्यमा आधारित भएर बजेट बनाइएको बताए । उनले बजेटपछि प्रतिपक्षी दललगायत अधिकांश प्रतिक्रिया सकारात्मक आएको पनि सुनाए । 

यसवर्ष बजेट निर्माण पूर्व विभिन्न क्षेत्रका विषयमा विषय विज्ञलगायत सबै मन्त्रालयहरूले पनि धेरै छलफल गरेको उल्लेख गर्दै उनले त्यहाँबाट प्राप्त तथ्यपरक डाटा र सरोकारवालाको सकारात्मक सुझाव तथा खबरदारीका कारण बजेट राम्रो बनेको दाबी पुनको छ । 

पुनले भने, ‘बजेट निर्माण गर्दा सबै मन्त्रालयले राम्रो छलफल गरेका छन् । त्यसपछिका प्रि–बजेट छलफलमा ठूलाठूला अन्तरक्रिया भएका थिए । विभिन्न वस्तुगत क्षेत्र, छाता संगठन, विषय विज्ञहरू ती सबैसँगको छलफलको प्रभाव परेको हो । त्यसले नेपालको अर्थतन्त्रको हालको यथार्थ स्थिति परिवेश बनिराखेको हुन्छ र हामीले सिस्टमबाट त्यसलाई चलाइराखेका हुन्छौ अर्थमन्त्रीको सोचले मात्रै काम गर्दैन । सबैको सकारात्मक, आलोचनात्मक योगदान हुन्छ ।

 म एक्लैले राम्रो गरेँ भन्ने होइन कि हामी सबैले राम्रो सुझाव दिएर, अन्तरक्रिया र खबरदारी गरेको वस्तुगत रूपमा गरेछौं भन्ने कुराको प्रमाणको रूपमा यो बजेटको समर्थन र स्वीकार्यतालाई मैले लिएको छु ।’

प्रतिक्रिया दिनुहोस