९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले नेतृत्व गर्न नपाउँदा मुलुक पछि परेको विष्णु पौडेलको दाबी

अ+ अ-

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेले नेतृत्व गर्न नपाएकाले मुलुक पछाडि परेको बताएका छन् ।

नेकपा एमाले रुपन्देहीको १० औ जिल्ला अधिवेशनको बुधबार भैरहवामा उद्घाटन गर्दै पुर्वअर्थमन्त्री समेत रहेका पौडेलले एमालेले नेतृत्व गर्न पाए एक दशकमै मुलुकको कायापलट गर्ने दाबी गरे ।

संविधानले प्रदान गरेका आधारभूत र नैसर्गिक अधिकार समेत नागरिकले उपभोग गर्न नपाइरहेको अवस्था रहेको औंल्याउंदै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, विभेद र असमानताको अन्त्य जस्ता मुद्दाको समाधान गर्न सके मात्रै राजनैतिक परिवर्तन सार्थक हुने बताए ।

‘संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन एमालेले सरकारको नेतृत्व गर्ने गरी निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न जरुरी छ,‘पौडेलले भने–‘समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले मात्रै गर्न सक्छ र गरिरहेको छ ।’

संविधानको कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा र लक्ष्यलाई साकार पार्ने गरी अगाडि बढ्नु नै आजको आवश्यकता रहेको नेता पौडेलको भनाइ थियो ।

अधिवेशनको उद्घाटन समारोहमा पूर्व मन्त्री एवं पार्टी सचिवद्वय छविलाल विश्वकर्मा र पद्मा अर्याल,प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी लगायतले सम्बोधन गरेका थिए ।

अधिवेशन उद्घाटन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली आउने प्रचार गरिए पनि आएनन् । यसअघि ओलीको कार्यव्यस्तताको कारण अधिवेशन एक हप्ता पछाडि सारिएको थियो ।

दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्ष पदमा हालका अध्यक्ष तेजेन्द्र केसी,सचिव यज्ञ गैरे र उपसचिवहरू चित्र कार्की र हितराज पन्थीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस