काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीहरूले घरभाडा समयानुकूल बनाउन माग गरेका छन् । आन्दोलनरत संसद्का कर्मचारीहरूको ११ बुँदे मागको पहिलो बुँदामै घरभाडा बढाइनुपर्ने उल्लेख छ ।
हाल राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत् तीन हजार पाँच सय प्राप्त गर्दछन् । राजपत्रअनङ्कित र श्रेणीविहीन कर्मचारीको लागि प्रतिमहिना तीन हजार आवास भत्ता तोकिएको छ ।
संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ को अनुसूची १२ मा रहेको यो व्यवस्था पुनरावलोकन हुनुपर्ने संसद्का कर्मचारीहरूको माग छ ।
विभिन्न ११ बुँदे माग राखेर कर्मचारीहरू जेठ ३० गतेदेखि आन्दोलनमा छन् ।
