६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पाँच जना दोषी ठहर 

अ+ अ-

काठमाडौँ । विशेष अदालतले पाँचजनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । बुधबार विशेष अदालतले यस मुद्दाका अन्य दुई प्रतिवादीलाई भने सफाइ दिने फैसला गरेको छ । 

दीपक राई, सन्दीप राई, केसाङ योल्मु, रामकुमार लोवा र मिलन लोवा दोषी ठहर भएका अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताए । रेग्मीका अनुसार दीपक, सन्दीप, केसाङ र रामकुमारले मिलनको खातामा पैसा जम्मा गरेको देखिएको र मिलने उक्त पैसा झिकेकोले उनीहरूमाथि कसुर कायमको फैसला भएको हो । 

दीपक र मिलन यस मुद्दामा मुख्य कसूरदार ठहर भएका छन् भने अन्य तीन जना मतियार रहेको फैसला सुनाएको छ । यसै मुद्दाका प्रतिवादीहरू भीमकुमार लोवा र राजेश श्रेष्ठले भने सफाइ पाएका छन् ।

उनीहरूले लागूऔषध किनबेचबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धानले देखाएपछि पाँच करोड २७ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै २३ माघ ०८० मा मुद्दा दायर भएको थियो ।  यसमा कसूरदार ठहर भएका पाँच जनामाथि १३ असारमा सजाय निर्धारण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस