७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट तथा योजना लैजान मन्त्री नै बन्नुपर्दैन : प्रधानमन्त्री दाहाल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयगत बजेट र योजना मन्त्रीहरूका क्षेत्र र जिल्लामा केन्द्रित भएको विषयमा संसद्मा जवाफ दिएका छन् । एमाले सांसद ठाकुर गैरेले बजेट र योजना लैजान मन्त्री नै बन्नुपर्ने हो ? भनेर प्रश्न गरेका थिए ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद गैरेले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले सकेसम्म बजेट र योजनाको समानुपातिक ढंगले विनियोजन गरिएको बताए । ‘बजेट तथा योजना लैजान मन्त्री नै बन्नुपर्ने होइन, सकेसम्म समानुपातिक ढंगले बजेट विनियोजन गरिएको छ, ’प्रधानमन्त्री दाहालले भने । आगामी दिनमा अझै बजेट र योजनाको विनियोजन समानुपातिक ढंगले गर्नमा जोड दिइने बताए ।

३ करोडभन्दा कम रकमका योजना संघीय सरकारले अगाडि नबढाउने बताएको कुरालाई यसपटक बजेट निर्माणपूर्वको राजनीतिक उतारचढावले असर पारेको प्रधानमन्त्रीको तर्क थियो ।

वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा आयोजनाहरूबीच दोहोरोपना हुन नदिने नीति लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने, मझौला प्रकृतिका आयोजना प्रदेशबाट र साना आयोजना स्थानीयतहबाट कार्यान्वयन गर्ने विषयमा सरकार दृढ रहेको स्पष्ट पारेका थिए ।

उनले वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त अनुदान तर्फका कतिपय आयोजनाहरू सम्पन्न गर्ने कार्यका लागि केही आयोजना तथा कार्यक्रमहरूमा कम रकम देखिए पनि यस प्रकारका आयोजनाहरू प्रदेश र स्थानीय सरकारबाटै कार्यान्वयन हुने जानकारी गराए ।

त्यस्तै, दाहालले बजेटमार्फत प्रस्तुत भएको गण्डकी आर्थिक त्रिभुजको नमूना परियोजना नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा साबित हुने बताए ।

प्रतिक्रिया दिनुहोस