२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गिरीबन्धुको कालो धब्बाले छोपिएकाहरूले नैतिकता सिकाउन मिल्दैन : माओवादी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले काँग्रेस एमालेको समीकरणले मुलुकलाई स्थिरता नदिने दाबी गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले राजनीतिक स्थिरता र संविधान संशोधन गर्ने भनेर काँग्रेस एमालेले समीकरण बनाउन खोजे पनि त्यस्तो सम्भावना नभएको बताएका हुन् ।

‘उहाँहरूले राजनीतिक स्थिरता दिने र संविधान संशोधन गर्ने भनेको सुनियो’, उनले भने, ‘संसदीय अभ्यासले ठुलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो ठुलो दल वेटेङि गभर्नमेन्ट अर्थात् प्रमुख प्रतिपक्षमा बसेर भूमिका खेल्ने । तर संसद्ले यो लय त सुरुका दिनदेखि नै बिगारेको हो । त्यसैले उहाँहरूले अहिले जे भन्नुभएको छ यसका पछाडि स्थिरता दिने कुनै पनि गुञ्जायस देखिँदैन ।’

नेता सापकोटाले काँग्रेस एमालेले अपारदर्शी समझदारी गरेको भन्दै दुई दलका बीचमा अझै त्यो समझदारी आधिकारिक रूपमा नआएको भन्दै नेताहरूको मिडिया ट्रायल हो वा के हो ? भनेर प्रश्न गरे ।

‘दिनभरि प्रधानमन्त्रीसँग बसेर स्वर्ग गए पनि नर्क गए पनि सँगै जाऔँ भन्ने अनि ललितपुरमा सहमति ड्राफ्ट गर्न खटाउने यो कहाँको नैतिकता हो ?’, सापकोटाले कटाक्ष गरे । उनले सत्तापक्षबाट भर्खरै प्रतिपक्षमा पुगेका दलहरूलाई ‘यही हो नैतिकता ?’ भनेर प्रश्न गरे ।

उनले वेचन झाको गिरफ्तारी र तथ्यहरू सार्वजनिक हुँदै गएपछि काँग्रेस एमालेले डुङ्गा प्वाल परेको देखेको बताए ।

‘५० को दशकमा तपाईँहरू नै भन्ने गर्नुहुन्थ्यो कमल थापाहरूलाई डुङ्गा प्वाल पारेर भाग्नेहरू मुसा प्रवृत्तिका हुन् । डुङ्गा प्वाल पर्दा मुसा भाग्छ तर बहादुरहरूले सामना गर्छन् । साहसीहरुले सामना गर्ने हो’, उनले गिरीबन्धुको कालो धब्बाले छप्पकै छोपिएकाहरूले नैतिकता सिकाउन नमिल्ने बताए ।