काठमाडौँ । लुम्बिनी प्रदेशका ६ जिल्ला कार्यक्षेत्र रहेको उच्च अदालत तुलसीपुर बुटवल इजलासले आर्थिक वर्ष ०८०/८१ मा लक्ष्यभन्दा करिब २३ प्रतिशत बढी मुद्दाको फैसला गरेको छ ।
अदालतमा एक वर्ष नाघेका सबै मुद्दा फैसला भएका छन् । अदालत प्रशासनले प्रतिशतका आधारमा देशमै सबैभन्दा बढी मुद्दा फैसला यहीँबाट भएको दाबी गरेको छ ।
प्रदेशका ६ जिल्लामध्ये सबैभन्दा बढी मुद्दाको चाप रुपन्देही र कमी अर्घाखाँचीमा रहेको अदालतले जनाएको छ । साबिक लुम्बिनीका रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची यसको कार्यक्षेत्र रहेको छ ।
बुटवल इजलासले आर्थिक वर्ष ०७३-७४ यताको तथ्याङ्कमा यस आर्थिक वर्षमा धेरै मुद्दाको फैसला गर्न सफल भएको छ ।