काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले औपचारिक बधाई दिएका छन् ।
जुलाई १६ मा औपचारिक पत्रमा बधाई दिनु अगाडि मोदीले आफ्नो सामाजिक सञ्जाल ट्विटरबाट अग्रिम बधाई दिइसकेका थिए ।
मोदीको दुई पेज लामो बधाई पत्रमा नेपाल र भारत सदियौँ पुरानो सम्बन्धमा जोडिएको र दुई देशको जनस्तरको सम्बन्ध राम्रो भएको भन्दै मोदीले नेपाललाई भारतको छिमेक प्रथम नीति अन्तर्गतको प्राथमिकतामा परेको साझेदार भनेर चित्रित गरेका छन् ।
मोदीले ओलीको नेतृत्व अनुभवको तारिफ गरेर ती गुणको कारण दुई देशका वृहत् क्षेत्रको साझेदारीमा सहयोग पुग्ने आशा व्यक्त गरेको उल्लेख गरेका छन् ।