काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज साँझ ६ बजे बैठक बोलाइएको हो ।
नेकपा एमाले अध्यक्ष ओली नेतृत्वको सरकार बनेपछि मन्त्रिपरिषद्को तेस्रो बैठक बस्न लागेको हो ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल हुनुका साथै केही थप निर्णय पनि हुन सक्ने प्रशासन स्रोतले जानकारी दिएको छ ।
त्यसो नयाँ सरकार गठनसँगै सचिव तथा सहसचिवको सरुवा हुने चर्चा पनि निजामती वृत्तमा शुरु भएको छ । यद्यपि अहिले को कहाँ जाने भन्नेबारे सूची भने तय नभई सकेकोले यसै भन्न सकिने अवस्था छैन ।