२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राइड सेयरिङ सेवा दर्ता गरे गाडी थन्क्याएर आन्दोलन गर्ने चेतावनी

अ+ अ-

काठमाडौँ । गण्डकी सरकारले राइड सेयरिङ सेवा दर्ताका लागि कार्यविधि ल्याउन लागेपछि यातायात व्यवसायीले विरोध जनाएका छन् ।

राष्ट्रिय यातायात व्यवसायी महासंघ गण्डकीले बिहीबार पत्रकार सम्मेलन गर्दै निजी सवारी साधनलाई पनि यात्रु ओसारपसार गर्न दिने कार्यविधि ल्याए सबै गाडी थन्क्याएर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यो व्यवस्था तत्काल खारेज नगरे साउन १३ गतेबाट आ-आफ्ना सवारी साधनहरू घर ग्यारेजमा थन्क्याएर आन्दोलन गर्ने अध्यक्ष केदार पौडेलले चेतावनी दिए ।

व्यवसायीहरूले पोखरामा चल्ने ट्याक्सी तथा गाडीहरूसहित प्रदर्शन गरेका थिए । उनीहरूले निजी सवारी साधनलाई यात्रु बोक्न पाउने गरी कार्यविधि नल्याउन माग गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयमा ज्ञापन पत्रसमेत बुझाएका छन् ।

व्यवसायीहरूले श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागू गर्नुपर्ने, यातायात प्राधिकरण गठन गरी यातायात सञ्चालनको कार्यविधि तयार गर्नुपर्ने, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्नुपर्ने माग पनि राखेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ र एकीकृत यातायात मजदुर संघले पनि व्यवसायीको आन्दोलनमा साथ दिँदै राइड सेयरिङलाई वैधानिकता नदिन दबाब दिएका छन् ।

गण्डकी प्रदेशले राइड सेयरिङ सेवा दिने संस्थालाई दर्ता गर्न कार्यविधिको मस्यौदा तयार गरेको छ ।