६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

अ+ अ-

सङ्खुवासभा । नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्नेलाई  कारबाहीको माग गरिएको छ ।  नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती जिल्ला कार्यसमिति सङ्खुवासभाले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेको हो ।  

यही साउन १४ गते विद्युत् महसुल नतिरेपछि लाइन काटेको र लाइन जोड्न धम्की दिँदै  मादी नगरपालिका-४ ओखरबोटका लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बूले शाखा कार्यालय मादीका इन्चार्ज राजकुमार र ओजेटिमा खटिएका विद्यार्थीमाथि कुटपिट भएको थियो । 

कार्यालय परिसरमा प्रवेश गरेर कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको संगठन निजामतीका जिल्ला अध्यक्ष भोलामान राईले जानकारी दिए । कार्यालय परिसरभित्रै पसेर राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरिनु दुःखद् भएको र यस्ता हर्कतले कर्मचारीको मनोबल कमजोर भई सेवा प्रवाहमा गम्भीर असर पर्ने उनले बताए ।  

मादीका लक्ष्मण लिङ्थेपको क्रसर उद्योगले रु. ६ लाखभन्दा बढी बक्यौता नतिरेपछि लाइन कारिएको थियो । कुटपिटको आरोपमा लिङ्थेप र लिम्बूविरुद्ध गत साउन १५ गते इलाका प्रहरी कार्यालय चैनपुरमा अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको छ । उजुरी लगत्तै उनीहरू फरार छन् । 

कर्मचारीमाथि कुटपिट भएपछि मादीमा रहेको प्राधिकरणको कार्यालय साउन १५ गतेदेखि बन्द रहेको छ । कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । 

प्रतिक्रिया दिनुहोस