काठमाडौँ । प्री-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आज प्री ओपन सेसनमा नेप्से परिसूचक ५.६५ अंकले बढेर २८०२.०४ विन्दुमा कायम भएको हो।
यो समयमा ९७ वटा स्क्रिप्सको २९ हजार ९३१ कित्ता सेयर १ करोड ४९ लाख ८२ हजार ६०४ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएका ५२ स्टक्सको मूल्य बढ्दा २१ वटा घटेको छ । बाँकी २१ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।