७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढ्यो मानव-वन्यजन्तु द्वन्द्व 

अ+ अ-

डुम्रे (तनहुँ) । तनहुँमा मानव-वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ । डिभिजन वन कार्यालयका अनुसार पछिल्लो समय चितुवाले मानिसलाई आक्रमण गरेका घटना बढ्दै गएका छन् । डिभिजन वन कार्यालयका अनुसार २०७४ यता  चितुवाको आक्रमणबाट १४ बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

गत असार १२ मा म्याग्दे गाउँपालिका-२ का मानबहादुर गर्जा मगर, विसं २०७९ कात्तिक ४ मा बन्दीपुर गाउँपालिका-३ का चन्द्रबहादुर घर्तीको छोरी डिना चेपाङ, विसं २०७९ भदौमा व्यास नगरपालिका-११का डिल्लीमाया गुरुङ र शंकर गुरुङका छोराको मृत्यु भएको थियो । उक्त घटनामा गुरुङ दम्पती घाइते भएका थिए । 

विसं २०७९ कात्तिक १५ मा व्यास नगरपालिका-१२ छिर्कनका चित्रबहादुर कुँवर थापाका नाति सात वर्षीय अभिनव कुँवर, विसं २०७९ जेठ २९ मा बन्दीपुर गाउँपालिका-१ का भीमलाल गरौजा, विसं २०७८ असोज २५ मा बन्दीपुर गाउँपालिका-५ बाहुनभञ्ज्याङका आठ वर्षीया बालिका सुप्रिती थापाको चितुवाको आक्रमणबाट ज्यान गएको थियो । 

डिभिजन वन कार्यालयको तथ्यांंक अनुसार चितुवाको आक्रमणबाट विसं २०७७ साउन २१ मा शुक्लागण्डकी नगरपािलका-२ का नारन राना, विसं २०७६ माघ १३ मा बन्दीपुर गाउँपालिका-४ का ११ वर्षीय इसाक परियार विसं २०७६ पुस २१ मा आँबुखैरेनी गाउँपालिका-१ का आठ वर्षीय पुजन सिंजाली, विसं २०७६ पुस १३ मा शुक्लागण्डकी नगरपालिका-३ का १९ महिने बालक रविन नेपालीको मृत्यु भइसकेको छ ।

विसं २०७६ कात्तिक ११ भानु नगरपालिका-२ का ऋतिक रोका, विसं २०७६ जेठ २४ मा आठ वर्षीया बालिका पुष्पा अधिकारी र विसं २०७५ मङ्सिर १५ मा १० वर्षीय बालक अमृत गुरुङको चितुवाले ज्यान लियो । चितुवाको आक्रमणबाट विसं २०७६ असोज २१ मा सोही पालिका वडा नं-१ का कुशल बानियाँको पनि मृत्यु भएको थियो । 

विसं २०७५ कात्तिक २९ मा भानु-४ का चार वर्षीया बालिका रञ्जिता लम्साल र विसं २०७४ फागुन १ मा भानु नगरपालिका-२ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । साथै विसं २०७९ असार १ मा बन्दीपुर गाउँपालिका-१ प्युघरका प्रेमबहादुर बगाले मगरका पाँच वर्षीय छोरा सुप्रिम थापाको चितुवाको आक्रमणबाट घाइते भए ।

सहायक डिभिजन वन अधिकृत नवीन विश्वकर्माले भने, “करिब आठ वर्षमा चितुवाको आक्रमणबाट मात्रै १४ बालबालिकाले ज्यान गुमाएको डिभिजन वनको तथ्यांकमा उल्लेख छ । त्यस्तै चितुवासँगै भालु, बाँदरको आक्रमण पनि बढ्दै गएको छ ।”

उनले विसं २०८० जेठ ४ मा व्यास नगरपालिका-८ का गोरे विक भालुको आक्रमणमा परी घाइते बनाएको बताए । उनका अनुसार तीनवटा भालु र दुई बाँदरको आक्रमणबाट मानिस घाइते भएका डिभिजन वनको तथ्यांकमा उल्लेख छ । त्यस्तै चितुवाकै आक्रमणबाट १७ जना घाइते भएका तथ्यांकमा छ । 

विश्वकर्माका अनुसार बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुको आक्रमण बढेको हो । उनले भने, “मुख्य गरी वन्यजन्तुको आहार वनजंगलमा पर्याप्त नहुनु र बासस्थानको नजिक मानव बस्ती बस्दै जाँदा मानव-वन्यजन्तुबीचको द्वन्द्व बढेको हो ।” 

द्वन्द्व कम गर्न डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन, कवुलियती वन, राष्ट्रिय वनका सरोकारवालासँग वन्यजन्तुलाई आवश्यक आहार संरक्षण तथा रोपण गर्न प्रोत्साहन गरिरहेको उनले बताए । चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई जथाभावी नछाड्न र घर वरपर सरसफाइलाई ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ ।

विगतमा चितुवाको आक्रमण बढेपछि कार्यालयले क्यामरा ट्रयापिङ गरी अनुगमन गरिएको थियो । जसमा चितुवाबाहेक अन्य वन्यजन्तु नै देखिएका थिएनन् । 

मानव-वन्यजन्तुबीचको द्वन्द्व कम गर्न वन्यजन्तुको आहार, वासस्थानमा खलबल्याउन नहुने उनको भनाइ छ । साथै  मृग, चित्तल, वनकुखुरा, फलफूल मानिसले सिकार पनि गर्न नहुने उनले बताए । जंगलमा आहार कम भएपछि उनीहरू बस्ती पस्न बाध्य भएको हुनसक्ने उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस