काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की सांसद दुर्गा राईले कर्मचारीको अमेरिका भ्रमण रद्द गराएकोमा आपत्ति जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग जवाफ माग गरेकी छिन् ।
बिहीबार(आज) बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण प्रतिशोधका आधारमा रद्द गरेको भन्दै आपत्ति जनाएकी छिन् ।
राजनीतिक आस्थाको आधारमा कर्मचारीमाथि डन्डा चलाउन पाइन्छ ? भन्दै सांसद राईले अमेरिका भ्रमणको अन्तिम समयमा आएर प्रतिशोध राखेर रद्द गर्दा कर्मचारीले कुन मनोबलले काम गर्ने भन्दै मन्त्री गुप्तासँग जवाफ मागेकी हुन् ।
संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको ४ दिने कार्यक्रममा जानका लागि सम्पूर्ण तयारी गरिसकेकी काफ्लेलाई मन्त्रालयले अन्तिम समयमा आएर भदौ १८ गते मन्त्रिस्तरीय निर्णयबाट उनको भ्रमण रद्ध गरिएको थियो ।
सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृत काफ्लेको विदेश भ्रमण रद्द
यूएसडएडको कार्यक्रममा भाग लिन एक दर्जन अधिकारी अमेरिका जाने कार्यक्रम तय भएको थियो ।