११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाउनुपर्छ : अध्यक्ष नेपाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा मौलिक संस्कृति संवर्द्धन गर्दै संस्कारयुक्त आदर्शको विकास गर्न सकिने बताएका छन् । 

हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजका अवसरमा शुभकामना दिँदै उनले सामाजिक एकता तथा एकापसमा सद्भावको वातावरण तयार गर्न यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाउनुपर्ने बताएका हुन् । 

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै अध्यक्ष नेपालले यस पर्वले समाजमा विद्यमान महिलाविरुद्ध हुने विभिन्न विभेद र महिला सशक्तीकरण लागि प्रेरित गर्ने विश्वास व्यक्त गरे । 

समतामूलक एवं प्रगतिशील समाज निर्माण गर्न समाजमा विद्यमान सबै प्रकारका वर्गीय शोषण साथै जातीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक न्याय तथा समानता कायम गर्न तीजले सबैलाई प्रेरणा प्रदान गर्ने विचार प्रकट गरे । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रको गौरव बढाउने बताउँदै परम्परागत रूपमा प्रचलनमा रहेका संस्कृतिले पारस्पारिक सम्मान, सहअस्तित्व र  राष्ट्रिय एकतालाई बलियो बनाउने बताए । 

प्रतिक्रिया दिनुहोस