९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बंगलादेशमा सुधार अघि चुनाव हुँदैन-युनुस

अ+ अ-

काठमाडौँ । बंगलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले चुनावका लागि मिति तय गर्न अस्वीकार गर्दै चुनाव अघि सुधार आवश्यक रहेको बताएका छन् ।

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको परिणामस्वरूप पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त गरिएको थियो ।

कार्यवाहक सरकारको नेतृत्व गरिरहेका युनुसले प्रथम आलो अखबारले प्रकाशित गरेको अन्तर्वार्तामा आफूमध्ये कसैको पनि लामो समयसम्म सरकारमा बस्ने लक्ष्य नभएको बताए । “सुधारहरू महत्त्वपूर्ण छन्, तपाईँ भन्नुहुन्छ, चुनाव गर, हामी चुनाव गर्न तयार छौँ तर सुधारअघि पहिले चुनाव गर्नु गलत हुनेछ”, उनले भने ।

हसिनाको १५ वर्षेको शासनकालमा विरोधीहरूको सामूहिक नजरबन्द र गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार हनन भएको थियो । 

हसिना सत्ताबाट हट्नु अघि  सातामा छ सयभन्दा बढी मानिस आन्दोलनमा मारिएको राष्ट्रसंघीय प्रारम्भिक प्रतिवेदनले जनाएको थियो । प्रतिवेदनमा सम्भवतः उक्त सङ्ख्या कम थियो भनिएको छ । हसिना सरकारले अदालत र निजामती सेवाको राजनीतिकरणसहित शक्तिको दुरुपयोग गरी लोकतान्त्रिक पद्धतिलाई ध्वस्त पार्न एकतर्फी चुनाव गरेको आरोप पनि लगाइएको थियो ।

युनुसले सार्वजनिक प्रशासनको विरासत पूर्ण रूपमा बिग्रिएको बताउँदै यसलाई भविष्यमा निरङ्कुशतामा फर्कनबाट रोक्न व्यापक सुधारको आवश्यकता रहेको उल्लेख गरे । सुधारको अर्थ विगतमा जे भयो त्यसलाई नदोहोर्‍याई आवश्यक सुधार गर्ने रहेको उनको भनाइ थियो । 

युनुसले हसिनाको सरकार अपदस्थ भएपछि हत्याको आरोपमा पक्राउ परेका धेरै राजनीतिज्ञ र वरिष्ठ अधिकारीहरूको बारेमा गरिएको आलोचनालाई पनि खारेज गरेका छन् । यी गिरफ्तारीहरूले युनुसको कार्यवाहक सरकारले हसिनाको शासनका वरिष्ठ व्यक्तिहरूमाथि राजनीतिक मुद्दा चलाउने आरोप लगाएको छ । 

यद्यपि युनुसले पक्राउ परेका व्यक्तिहरू विरुद्ध सुरु गरिएको कुनै पनि आपराधिक मुद्दा सरकारी हस्तक्षेपबाट मुक्त रहने अभिप्राय पटक पटक व्यक्त गर्दै आएका छन् । साथै उनले न्यायिक प्रणालीमा सुधार भएपछि मुद्दा अगाडि बढ्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस