८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मर्मतपछि नेपाली सेनाको रसियन हेलिकोप्टर चाँडै नेपाल ल्याइँदै

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले भारतमा मर्मत गराएको रसियन एमआई-१७ हेलिकोप्टरलाई नेपाल ल्याउने अन्तिम तयारी गर्दैछ। गत वर्ष साउन महिनामा नेपाली सेना र भारतको रक्षा मन्त्रालयअन्तर्गत एमडीएल कम्पनीबीच दुई देशको सरकार (जी-टु-जी) कार्यक्रमअन्तर्गत यो हेलिकोप्टर मर्मतको सम्झौता भएको थियो। सेनाका पाइलट र प्राविधिकहरू गएको साउन १ गते मुम्बई पुगेका थिए। मुम्बईको जुहू हेलिपोर्टमा मर्मत सम्पन्न भएपछि पाइलटहरूले सफलतापूर्वक परीक्षण उडान गरेका छन् । नेपाली सेनाका पाइलट र प्राविधिकहरू परीक्षण उडानमा पूर्ण सन्तुष्ट देखिए पछि सेनाले हेलिकोप्टरलाई नेपाल ल्याउने प्रक्रिया तीव्र बनाएको छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीका अनुसार, ‘मर्मत सम्पन्न भएको हेलिकोप्टर नेपाल ल्याउन आवश्यक सबै कागजी प्रक्रिया लगभग पूरा भइसकेको छ। छिट्टै हेलिकोप्टरलाई नेपालमा ल्याइनेछ।’ मर्मतपछि यो हेलिकोप्टर नेपाली सेनाको विपद् व्यवस्थापन र आपतकालीन उद्धार कार्यमा अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ।

रसिया र युक्रेनको द्वन्द्वका कारण रसियामा मर्मत सम्भव नभएपछि नेपाली सेनाले भारतको सरकारी कम्पनीसँग यो मर्मत सम्झौता गरेको थियो। पश्चिमी देशहरूले रसियालाई कालो सूचीमा राखेका कारण मर्मतका लागि अन्य विकल्प नहुँदा भारतमा मर्मत गराउने निर्णय गरिएको थियो।

मुम्बईको आकाशमा सफल परीक्षण उडान गरेपछि सेनाका पाइलटहरूले हेलिकोप्टरको प्राविधिक पक्ष सन्तोषजनक रहेको प्रतिवेदन दिएका छन्। उनीहरूको रिपोर्टपछि जंगी अड्डाले हेलिकोप्टरलाई चाँडै नेपाल ल्याउने कार्य अघि बढाएको हो।

नेपाली सेनाले एमआई-१७ हेलिकोप्टरको अर्को युनिट पनि मर्मतका लागि भारत पठाइसकेको छ। पाँच महिनाभित्र अर्को हेलिकोप्टरको मर्मत कार्य पनि पूरा हुने अपेक्षा गरिएको छ। सेनासँग हाल ४ वटा एमआई(१७ हेलिकोप्टर रहेको छ, जबकि भारतसँग झण्डै ३५० वटा यस्ता हेलिकोप्टर छन्।

प्रतिक्रिया दिनुहोस