७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहाबाट आठजना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार

अ+ अ-

सिरहा । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन आज सिरहाका विभिन्न ठाउँबाट आठजना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । यहाँको लहानबाट चार पुरुष र एक महिला, गोलबजारबाट एक पुरुष र एक महिला तथा मिर्चैयाबाट एक पुरुष गरी आठ जनाको उद्धार गरिएको मानव सेवा आश्रमका महासचिव सुमन बर्तौलले जानकारी दिए । 

‘यो पटकको चाडपर्वमा, कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्दै मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । टोलीमा सहभागी आश्रमका महासचिव बर्तौलाका अनुसार सडक पेटीबाट उद्धार गरिएका व्यक्तिहरूलाई सर्लाही सेवा केन्द्रमा पठाइएको छ ।

महासचिव बर्तौलाले उद्धार टोलीले कोशी प्रदेशमा झापाबाट १२, सुनसरीबाट १२, मोरङबाट चार र उदयपुरबाट १६ गरी ४३ को उद्धार गरिएको बताए । उद्धार हुनेहरूमा नौ महिला र ३५ पुरुष छन् । यसैगरी, सप्तरीबाट दुई महिला र ११ पुरुष गरी १३ जनाको उद्धार गरिएको छ । 

गत असोज २६ गते विजयादशमीका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको उद्घाटन गरेको थिए । ३२ दिने मेची महाकाली राष्ट्रिय उद्धार यात्रा कात्तिक २७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस