१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता

अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्विस राजदूत डा. डेनिएल मेउलीबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भएको भेटमा स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालित परियोजनालगायत द्विपक्षीय हितका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिए ।

स्विस सरकारको सहयोगमा सञ्चालित परियोजनाहरूमा हालसम्म भएको प्रगति र आगामी सहकार्य, कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चिया सम्मेलन, कोशी प्रदेश लगानी सम्मेलन र कोशी भ्रमण वर्ष-२०८२ का विषयमा समेत छलफल भएको खनालले जानकारी दिए ।

भेटवार्तामा राजदूत मेउलीले कोशी प्रदेश सरकारसँग निरन्तर सहकार्य गर्न स्विस सरकार तयार रहेको र साझा हित तथा क्षेत्र मिल्ने परियोजनाहरूमा सहकार्य जारी रहने बताए ।

कोशी प्रदेशमा स्विस सरकारको सहयोगमा खानेपानी तथा सिँचाइ मन्त्रालय अन्तर्गत आठ वटा पहाडी जिल्लामा साना सिँचाइ आयोजना, झोलुंगेपुल, प्राविधिक सहयोग तथा पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पदमार्गमा आधारित परियोजना र आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत सीप तथा रोजगारमूलक तालिमसँग सम्बन्धित परियोजनाहरू सञ्चालनमा छन् । यस्तै, सामाजिक विकास मन्त्रालयअन्तर्गत सुशासनसँग सम्बन्धित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) र युवा उद्यमशीलता, प्राविधिक तालिम र रोजगारी प्रवर्द्धनसम्बन्धी परियोजनाहरू सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस