९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कुन पार्टीको कार्यालय चन्दा बिना बनेको छ ?’ : ओली

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कुन पार्टीका कार्यालय चन्दा बिना बनेको छ भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित सिस्नुपानी नेपालको देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सिस्नुपानी नेपालको देउसी भैलो टिमले नेकपा (एमाले) पार्टी कार्यालयका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले पार्टी कार्यालयका लागि जग्गा दान गरेको विषयलाई देउसी भैलोमार्फत व्यङ्ग्य गरेपछि उनले प्रतिक्रिया दिँदै यस्तो प्रश्न गरेका हुन् ।

नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘कुन पार्टीका कार्यालय चन्दा बिना बनेको छन् मलाई देखाइदिनुस न ? एमालेको पार्टी कार्यालय बनाउन एक जना व्यक्तिले दान गर्न खोज्नुभयो होला । तर, अरु कुन पार्टी छ त्यस्तो जो बिना चन्दा पार्टी कार्यालय बनाएको छ रु कोही एक दुई जनाको चन्दाले बनेका होलान्, कोही आठ १० जनाको चन्दाले बनेका होलान् ? त्यो पनि पहिलो दृष्टिमा नै गलत छ भनेर अदालतले भनिसकेपछि त सकियो नि ? किन व्यङ्ग्य गरिरहनुपर्‍यो र ?’

उनले सिस्नोपानी नेपालले सन्तुलन मिलाएर व्यङ्ग्य गर्नुपर्ने भए पनि आफूलाई नै बढी व्यङ्ग्य गरेकोमा पनि असन्तुष्टि जनाए ।

उनले भने, ‘सायद यो कार्यक्रममा आयोजकले सन्तुलन मिलाएर बोलाउनुभएको होल । देउसी भैलोमा व्यङ्ग्य पनि सन्तुलन मिलाएर गर्नुपर्ने हो । तर, मलाई नै व्यङ्ग्य बढी गरियो । उनले देउसी भैलोमा निराशाजनक मात्रै नभएर सरकारले गरेका आशालाग्दा विषय तथा व्यङ्ग्य पनि समेट्नुपर्ने सुझाव दिएका छन् ।’

उनले थप्दै भने, ‘देउसी भैलोमा सारा बिग्री सक्यो केही बाकी रहेन भने जसरी प्रस्तुत गरियो । यो देशमा नराम्रो मात्रै भएको छैन, धेरै राम्रा काम पनि भएका छन् । देउसी भैलोमा राम्रा विषय तथा काम पनि समेट्दा राम्रो हुन्थ्यो होला ।’

सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष राजेन्द्र लिंङ्देन, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस