९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा

अ+ अ-

काभ्रेपलाञ्चोक । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीनै तहका सरकारबीचको समन्वयमा पुनः निर्माणमा लागिने बताएका छन् ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित बाढीपहिरो प्रभावित क्षेत्रको आज अवलोकन गर्ने क्रममा उनले पुनः निर्माण एवं पुनर्वास कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताए । 

“प्रदेशभित्रका बाढी प्रभावित स्थानीय तहमा पुनः निर्माण एवं पुनर्वासका कार्यक्रम गर्न योजना बनाइने र क्रमशः कार्यान्वयनमा गइनेछ,” लामाले भने, “यसका लागि पनि तिनै तहको सरकारबीच सहकार्य आवश्यक पर्दछ ।” बाढीपहिरोबाट मृत्यु भएका प्रतिपरिवारलाई कार्यविधिअनुसार नै रु. एक लाख राहत रकम प्रदान भइरहेको उल्लेख गर्दै उनले प्रदेश सरकारसँग विपद् व्यवस्थापनका लागि केही बजेट भएको जानकारी गराए । 

मुख्यमन्त्री लामाले भने, “अब क्षतिको विवरण संकलन गर्ने र विपद्लाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय तहबीच छलफलमार्फत सहकार्य गर्नका लागि निर्णय पनि गर्न बाँकी रहेको छ ।”

मुख्यमन्त्री लामाले विपद् प्रभावितका लागि अपुग राहतका लागि प्रधानमन्त्रीसँग छलफल भइसकेको बताए । “हामीले भएको राहत रकम जिल्लास्थित विपद् व्यवस्थापन कोषमा पठाएका छौँ, बाँकीलाई क्रमशः पठाउँदै गइनेछ,” उनले भने । 

असोजको दोस्रो साता आएको बाढीपहिरोमा उक्त गाउँपालिकामा १२ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ताको अवस्थामा छन् । बाढीपहिरोले दुई सय ८२ घरपरिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए । उनका अनुसार बाढीपहिरोले चार सय ८१ घर पूर्णरुपमा र एक हजार एक सय ६३ घरमा आंशिक क्षति पुगेको छ ।

यसैबीच गाउँपालिकाले बाढीपहिरोको क्षति र पुनः निर्माण तथा पुनः स्थापनाका लागि आवश्यक सहयोग गर्न मुख्यमन्त्री लामाको ध्यानाकर्षण गराएको छ । आज गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले लिखित जानकारी गराउँदै सहयोगका लागि बजेट व्यवस्थापन गर्न अनुरोध गरेका हुन् । मुख्यमन्त्री लामाले आवश्यक सहयोग र बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस